काठमाण्डौ । लक्जरी इलेक्ट्रिक कार कम्पनी टेस्ला इंकले अमेरिकामा आफ्ना विद्युतीय सवारीका विभिन्न भर्जनको मूल्य घटाएको छ।
टेस्लाले आफ्ना सवारीसाधनको निरन्तर घट्दो बिक्री र कम्पनीको स्टकमा आएको गिरावटका कारण विद्युतीय सवारी साधनको मूल्य घटाउन यो निर्णय गरेको हो।
रोयटर्सको रिपोर्टका अनुसार गत हप्ता एसियामा आफ्ना गाडीको मूल्य घटाएपछि टेस्लाले अमेरिकाबाहेक युरोप, मध्यपूर्व र अफ्रिकामा पनि मूल्य घटाएको छ। यसले केही टेस्ला मोडेलहरुलाई नयाँ संघीय कर क्रेडिटहरुका लागि योग्य बनाउँछ। जसले खरिदकर्ताको चासो आकर्षित गर्न मद्दत गर्छ।
टेस्लाले आफ्नो टप सेलर मोडल वाई एसयूभीको केही संस्करणको मूल्य २० प्रतिशतसम्म घटाएको छ। यो कटौतीले मार्चबाट उपलब्ध हुने ७ हजार ५०० डलरको यूएस इलेक्ट्रिक भेहिकल ट्याक्स क्रेडिटका लागि मोडल वाईको थुप्रै भर्जनलाई योग्य बनाउँछ। यही कारणले गर्दा टेस्लाले आफ्नो सबैभन्दा महँगो मोडल मोडल–३ को बेस प्राइस पनि करिब ६ प्रतिशतले घटाएको छ।
टेस्लाको मूल्य कटौतीपछि यसको मोडेल वाई पर्फमेन्स मोडल अब केवल ५७ हजार डलरको सुरुआती मूल्यमा पाइनेछ। जुन पहिले लगभग ७० हजार डलर थियो। योसँगै टेस्लाको सबैभन्दा महँगो गाडी अर्थात् मोडल–३ को मूल्य ४७ हजार डलर बाट घटाएर ४४ हजार डलर कायम गरिएको छ। –एजेन्सी
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago