काठमान्डौ । विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको आम्दानी डबलले बढेको छ। 

पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा टेस्लाको नाफा डबलले बढेको हो। टेस्लाले पहिलो त्रैमासमा ४८३ मिलियन डलर आम्दानी गरेकोमा दोस्रो त्रैमासमा डबलभन्दा बढी १.१ बिलियन डलर आम्दानी गरेर धेरैलाई चकित पारेको हो। योसँगै यो कम्पनीको सेयरमूल्यमा उछाल आएको छ। 

बिटक्वाइनको लगानीबाट सधैँ चर्चामा रहने लन मस्कको यो कम्पनीले अमेरिकामा मात्रै नभएर युरोपमा पनि कार उत्पादन गर्छ। भारतमा पनि छिटै कार उत्पादन प्लान्ट स्थापना गर्ने तयारीमा टेस्ला रहेको छ। 

कसरी सम्भव भयो डबल अम्दानी ?

यो कप्मनीले यसरी आम्दानी बढाउन सक्नुमा मुख्य दुई कारण छन्। पहिलो ठूलो परिमाणमा कार बिक्री गर्नु। यो कम्पनीले दोस्रो त्रैमासमा मात्रै २ लाख कार बिक्री गर्न सफल भएको। यो कार बिक्रीको इतिहासमै सबैभन्दा उच्च हो। 

दोस्रो कारण भनेको टेस्लाले उत्पादन तथा फ्याक्ट्री लागत ११ प्रतिशतले घटाउनु नै हो। यो कम्पनीले मुख्य गरेर विद्युतीय कार उत्पादन गर्छ। हाल संसारमा वातावरणीय दृष्टिकोण विद्युतीय कारको माग उच्च छ।

सन् २०३५ सम्म विश्वका सबैजसो कम्पनीहरुले विद्युतीय कारण उत्पादन गर्ने बताउँदै आएका छन्। – एजेन्सी