काठमाण्डौ । माइक्रो ब्लगिङ तथा सोसल नेटवर्किङ कम्पनी ट्विटरका सीईओ ज्याक डोर्सीले कोरोनाभाइरस प्रभावितका लागि आर्थिक सहयोगको घोषणा गरेका छन्।
सीईओ डोर्सीले आफ्नो कुल सम्पत्तिको करिब २८ प्रतिशत हिस्सा अर्थात १२ हजार करोड रुपैयाँ कोरोनापीडितको मद्दतका लागि दिने घोषणा गरेका हुन्। उनले आफ्नो एक ट्विटर पोस्टमा यस्तो घोषणा गरेका हुन्। उनले ट्विटर पोस्टमा भनेका छन्, ‘मैले उपलब्ध गराउने आर्थिक सहयोग कसरी खर्च भइरहेको भन्ने विषयमा ट्र्याकिङ गरेर विश्वभरका मानिसले हेर्न सक्नेछन्।’
यसका लागि डोर्सीले एउटा लिंक पनि पोस्टमा पठाएका छन्।
डोर्सीले कोरोनाको महामारी सकिएपछि बाँकी रहेको रकम बालिकाहरुको शिक्षा र स्वास्थ्यमा खर्च गरिने स्पष्ट पारेका छन्।
यसअघि फेसबुकका संस्थापक मार्क जुकरबर्गले ३६३.२ करोड कोरोनापीडितको उपचारार्थ सहयोग गर्ने घोषणा गरिसकेका छन्।
त्यस्तै अमेजनका संस्थापक जेफ बेजोसले कोरोना संकटमा परेका गरिब र विपन्न परिवारका लागि १०० मिलियन डलर सहयोग गर्ने घोषणा गरिसकेका छन्।
एप्पलका मुख्य कार्यकारी टिम कुकले पनि गत मार्चमा इटालीमा कोरोना संक्रमण रोकथामका लागि आवश्यक मेडिकल सप्लाई सहयोग गर्ने बताएका छन्। – एजेन्सी
1 minute ago
34 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago