काठमाण्डौ । एलन मस्कले भर्खरै माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरको नाम परिवर्तन गरी एक्स राखेका छन्। अब ‘ट्विट’को नाम पनि परिवर्तन गरिने भएको छ।
मस्कले गत सोमबार ट्विटरको लोगो परिवर्तन एक्स राखेका थिए। त्यसपछि उनले नाम पनि परिवर्तन गर्ने घोषणा गरेका थिए। पछिल्लो एक साताको अवधिमा कम्पनीले वेबदेखि एपमा धेरै परिवर्तन गरेको छ।
यदि प्रयोगकर्ताले गुगल प्लेस्टोरमा ट्विटर खोज्छन् भने उनीहरुले परिणामका रुपमा ट्विटरको सट्टा एक्स देख्नेछन्। यतिमात्र होइन एपको विवरण पनि परिवर्तन गरिएको छ। विवरण परिवर्तन गरेर ब्रेकिङ न्युज, मनोरञ्जन, खेलकुद र राजनीतिलगायत धेरै लेखिएका छन्।
ट्विटरको ठाउँमा एक्स भइसकेको प्लेटफर्ममा अब ट्विटको नाम परिवर्तन गरी ‘पोस्ट’ राखिन सक्छ। अहिलेसम्म कम्पनीले ट्विटको नाम परिवर्तन गर्ने कि नगर्ने भन्नेमा धेरै अन्योल थियो। तर, धेरै प्रयोगकर्ताले आइतबार बिहान ट्विट गरेर ‘ट्विट’को नाम परिवर्तन गरी ‘पोस्ट’ गरिएको जानकारी दिएका छन्। यो परिवर्तन वेब संस्करणमा देखिएको हो। यद्यपि यो परिवर्तन धेरै छोटो समयका लागि भएको थियो। त्यसपछि कम्पनीले पुनः ट्विटको नाम राखेको छ। –एजेन्सी
11 hours ago
17 hours ago
17 hours ago
18 hours ago
19 hours ago
19 hours ago
20 hours ago
20 hours ago
21 hours ago
22 hours ago