काठमाण्डौ । ट्विटरका संस्थापक तथा पूर्वसीईओ ज्याक डोर्सीले नयाँ एप विकास गरेका छन्। यो एप पनि एक सोसल मिडिया प्लेटफर्म हो। जसको नाम ब्लुस्काई राखिएको छ। 

यो एप हाल सबै प्रयोगकर्ताका लागि उपलब्ध छैन। ज्याक डोर्सीको यो एप हाल आईओएस प्लेटफर्ममा मात्र उपलब्ध छ र यसलाई प्रयोग गर्नका लागि तपाइँलाई इन्भाइट आवश्यक पर्छ। 

मतलब ब्लुस्काई एउटा इन्भाइट ओन्ली सामाजिक मिडिया प्लेटफर्म हो। यो एप डिसेन्ट्रलाइज्ड परियोजना हो। जुन हालै एप स्टोरमा उपलब्ध भएको छ। तपाइँ यसलाई ब्लुस्काई सोसलको नामबाट खोजी र डाउनलोड गर्न सक्नुहुन्छ। तर तपाइँसँग यसलाई प्रयोग गर्न इन्भाइट हुनुपर्नेछ। 

एपको विवरणमा स्क्रिनसटहरु हेर्दा यो धेरै हदसम्म ट्विटरजस्तै देखिन्छ। यो रिट्विटमा रिपोस्टले प्रतिस्थापन गरेको छ। सर्कुलर प्रोफाइल पिक्चर, फलोअर्स र फलोअर्स काउन्ट, बोल्ड अकाउन्ट नाम र ग्रे ह्यान्डलले तपाइँलाई ट्विटरको सम्झना दिलाउनेछ। 

सन् २०१९ मा ट्विटरका तत्कालीन सीईओ ज्याक डोर्सीले ब्लुस्काई टिमको उद्देश्यबारे प्रस्ट पारेका थिए। उनले आफ्नो टिमले डिसेन्ट्रलाइज्ड सोसल मिडिया प्रोटोकल तयार गरिरहेको छ। 

यो प्रोटोकलको सहयोगमा विभिन्न सामाजिक सञ्जालले एकअर्कासँग अन्तर्क्रिया गर्न सक्नेछन्। 

ब्लुस्काई एपले यो प्रोटोकलमा काम गर्छ। ब्लुस्काई परियोजना सन् २०१९ मा सुरु भएको थियो।

त्यसबेला ट्विटरका सीईओ ज्याक डोर्सी थिए। ट्विटरले ब्लुस्काईलाई वर्षौंसम्म कोष उपलब्ध गराएको थियो। यो परियोजना एलन मस्कको ट्विटरको अधिग्रहणभन्दा धेरै अघि सुरु भएको थियो। तर, दुई कार्यकारीहरुले खुला स्रोत प्रोटोकलको अवधारणामा छलफल गरेका थिए।

यस एपका केही सुविधा स्क्रिनसटहरुमा देखिन्छन्। यसका अनुसार एप एक साधारण इन्टरफेसका साथ आउनेछ। जसको सहयोगमा प्रयोगकर्ताले २५६ क्यारेक्टरको पोस्ट बनाउन सक्नेछन्। यसमा इमेजहरु पनि थप्न सकिन्छ। –एजेन्सी