काठमाण्डौ । ट्विटरका नयाँ मालिक एलन मस्कले फेरि प्रयोगकर्ता झट्का दिएका छन्। उनले ट्विटरमा ब्लु टिकका लागि एकपटक फेरि शुल्क बढाएका हुन्।
केही दिनपहिले ट्विटरमा ब्लु टिकका लागि ८ डलर शुल्क लाग्ने भनिएको छ। जसलाई केही दिनका लागि स्थगित गरिएको थियो।
अहिले फेरि आइफोन प्रयोगकर्ताबाट ट्विटर ब्लु टिक भेरिकेसनका लागि ११ डलर शुल्क लाग्ने खबर सार्वजनिक भएको छ।
यो खबरसँगै एलन मस्क माइक्रोब्लगिङ प्लेटफार्मबाट कमाइ गर्ने योजना बनाइरहेको प्रस्ट हुन्छ। उनले पहिले पनि धेरैपटक ट्विटरमा भेरिफाईका लागि हरेक महिना शुल्क लाग्ने बताउँदै आएका थिए। –एजेन्सी
2 minutes ago
32 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago