काठमाण्डौ । खर्च कटौती गर्न खोजिरहेका अर्बपति एलन मस्कका लागि कानुनी कठिनाइ बढेको छ।
सानफ्रान्सिस्कोमा रहेको ट्विटरको मुख्यालय र बेलायतमा रहेका कार्यालय भवनका मालिकहरुले भाडा नदिएको भन्दै अदालत जाने तयारी गरिरहेका छन्। ट्विटरविरुद्धको मुद्दामा सोसल मिडिया कम्पनीले आफ्नो मुख्य कार्यालयको भाडा तिरेको छैन। सेन्ट्रल लन्डन परिसरका मालिकले भाडा बक्यौताको मुद्दामा कम्पनीलाई अदालतमा लैजाने बताए।
मस्कले ट्विटर किन्न गत वर्ष ४४ अर्ब डलरको सम्झौता गरेपछि लागत घटाउँदै आएका छन्। सानफ्रान्सिस्को कार्यालयका लागि भाडा नतिरेको मुद्दा पहिले नै अदालत गएको छ। यसबाहेक टेस्लाका लगानीकर्ताले दायर गरेको अर्को मुद्दामा हालैका दिनहरुमा मस्कले धेरैपटक अदालत जानु परेको छ।
सानफ्रान्सिस्को कार्यालय कम्पनी मिस्टर नाइन मार्केट स्क्वायर एलएलसीको हो। एलएलसीका अनुसार ट्विटरले जनवरीको मासिक भाडा र थप भाडामा ३४ लाख डलर तिरेको छैन।
एलन मस्क टेस्ला र स्पेसएक्सका सीईओ हुन्। उनी विश्वकै दोस्रो धनीव्यक्ति पनि हुन्। फोर्ब्सका अनुसार एलन मस्कको कुल सम्पत्ति १५८.७ अर्ब डलर छ। यो रकम विश्वका धेरै देशको जीडीपीभन्दा बढी हो। एलन मस्कले इलेक्ट्रिक कार निर्माता टेस्ला, रकेट निर्माता स्पेसएक्स र टनेलिङ स्टार्टअप द बोरिङ कम्पनीलगायत ६ कम्पनी स्थापना गरेका छन्।
स्पेसएक्स २०२२ एक अन्तरिक्ष कम्पनी हो। मे २०२२ मा यो कम्पनीको बजार मूल्य १२७ बिलियन डलर अनुमान गरिएको थियो। यो कम्पनीले ३ वर्षमा आफ्नो मूल्य चारगुणा बढाएको छ। –एजेन्सी
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago