काठमाण्डौ । कोभिडका कारण अर्थतन्त्र थिलथिलो बनेको बेलामा समेत सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले सेयरधनीका लागि डबल डिजिट(दोहोरो अंक)को रिटर्न दिने प्रतिबद्धता सार्वजनिक गरेको छ । 

योसँगै बैंकले आगामी ३ वर्षभित्र देशकै टप टेन(उत्कृष्ट १०) बैंकको सूचीमा आफूलाई उभ्याउने महत्वकांक्षी योजना समेत सार्वजनिक गरेको छ । 

सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले मंगलबार आफ्नै मुख्यालयमा आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया गर्दै यस्ता महत्वपूर्ण घोषणाहरु गरेको हो । 

‘हामीले कोभिडको प्रभावका बीच पनि यो वर्ष डबल डिजिटको रिटर्न दियौं, डबल डिजिटको यो रिटर्न आगामी दिनमा पनि कायम हुनेछ ।’ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले भने–‘अहिलेको रिटर्नलाई आगामी दिनमा अझै बढाउँदै जानेछौं ।’ 

उनले चालु आर्थिक वर्षको दोश्रो त्रैमासका कतिपय सूचकहरु प्रस्तुत गर्दै अधिकांश महत्वपूर्ण सूचकमा बैंकले उद्योगको औसतको तुलनामा राम्रो प्रगति गरेको दाबी गरे । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दै चालु आबको दोश्रो त्रैमासमा बैंकले प्रतिसेयर आम्दानीदेखि, वितरणयोग्य मुनाफा, खूद ब्याज आम्दानी, संचालन मुनाफा जस्ता सूचकमा राम्रो प्रगति गरेको बताए । 

‘चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा २३ वटा बैंकको इपीएस अघिल्लो वर्षको तुलनामा घट्यो, तर हाम्रो १२ प्रतिशतले बृद्धि भयो ।’ देवकोटाले भने–‘१७ बैंकको खूद ब्याज आम्दानी घट्दा हामीले १२.३९ प्रतिशतले बढायौं ।’ 

कुल १२ वटा बैंकको नेट फी एण्ड कमिसन घटेको बेला सिटिजन्स बैंकको भने १९ प्रतिशतले बढेको, अपरेटिङ इन्कम पनि १६ वटा बैंकको घट्दा सिटिजन्सको भने झण्डै २२ प्रतिशतले बढेको तथ्याङ्क उनले प्रस्तुत गरे । 

नन् इन्ट्रेस्ट इनकम गत वर्षको यही अवधिको तुलनामा ६ बैंकको घट्दा सिटिजन्सले भने ५३.७ प्रतिशतको ग्रोथ हासिल गरेको उल्लेख गर्दै देवकोटाले भने–‘ट्रेडिङ इन्कमतर्फ हाम्रो ७८.२८ प्रतिशतको ग्रोथ छ । यस्तो आम्दानी ११ वटा बैंकको घटेको छ ।’ 

आफूहरुको नेट प्रफिट पनि २६.७० प्रतिशतले बढेको उल्लेख गर्दै देवकोटाले १९ वटा बैंकको वितरणयोग्य मुनाफा घटेको बेला आफूहरुको भने ३६.५५ प्रतिशतले बढेको दाबी गरे । 

सिटिजन्स बैंकले डिपोजिटतर्फ १८.८५ प्रतिशत र लोनतर्फ ११.२७ प्रतिशतको ग्रोथ हासिल गरेको उल्लेख गर्दै खराब कर्जा भने केही बढेर २.४२ प्रतिशत पुगेको बताए । 

‘कोभिडपछिको विषम परिस्थितिमा पनि मुख्य सूचकतर्फ हामीले गरेको प्रगति सेयरधनीलाई डबल डिजिटको रिटर्न दिने र ३ वर्षभित्र टप टेनभित्र पर्ने महत्वपूर्ण रणनीतिको आधारशीला हो ।’ देवकोटाले भने–‘हामी साइजको हिसाबले आगामी ३ वर्षभित्र टप टेन बनिसक्ने लक्ष्यका साथ अगाडि बढिरहेका छौं ।’ 

उनको दाबीअनुसार कतिपय सूचकमा आगामी वर्षभित्रै सिटिजन्स बैंक टप टेनमा परिसक्नेछ । 

कसरी बन्दैछ ठूलो ?
सिटिजन्स बैंकले पत्रकार भेटघाट कार्यक्रममा ठूलो साइजको संस्था बन्ने आफ्नो रणनीति पनि सार्वजनिक गरेको छ, जसअनुसार बैंकले प्रादेशिक स्तरका बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरी उद्योगमा प्रतिस्पर्धी बन्ने बाटो रोजेको छ । ‘यही रणनीति अनुसार सहयोगी विकास बैंकलाई हामीले प्राप्ति गरिसक्यौं ।’ बैंकका प्रवक्ता तथा असिस्टेन्ट सीइओ उमंग शर्माले भनिन्–‘तिनाउ मिसनलाई प्राप्ति गरी संभवत फागुनभित्रबाट एकीकृत कारोबार सुरु गर्छौ । त्यसपछि हाम्रो उपस्थिति केही कमजोर रहेका प्रदेशहरुमा त्यहाँ स्थापित बैंक तथा वित्तीय संस्थाहरुलाई लिएर अगाडि बढ्छौं ।’ 

सिटिजन्स बैंकले वैदेशिक साझेदार भित्र्याउने रणनीतिलाई समेत प्राथमिकतामा राखेको सो पत्रकार भेटघाटमा बताइएको छ । 

‘तर, हामी ठूलो बन्दै गर्दा सिटिजन्सको लोगो र ब्राण्डलाई भने यथावत राखिनेछ ।’–शर्माले भनिन् । 

पत्रकार भेटघाटमा बैंकका अधिकारीहरुले अरु वर्षजस्तो चालु आर्थिक वर्षभरि नै तरलता अभावको समस्या नहुने विश्लेषण सुनाएका थिए । कोभिडको प्रभाव बैंकिङ क्षेत्रमा अर्को आर्थिक वर्षसम्मै रहने उल्लेख गर्दै डेपुटी सीइओ देवकोटाले भने–‘नेपालको बैंकिङ सेक्टरमा यो पटक फरक परिदृश्य देखिएको छ । अधिक तरलता भएको यो अवस्थामा जसले बढी इन्जोय गर्न सक्यो, उसले धेरै साइज बढाउन सक्ने रहेछ । कोभिडपछि बैंकिङमा देखिएको आमूल परिवर्तन अध्ययनको विषय बन्नसक्छ ।’ 

चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सिटिजन्स बैंकले विभिन्न सूचकमा गरेको प्रगतिको तुलनात्मक टेबल यस्तो छः