काठमाण्डौ । अमेरिकी डलरको भाउमा लगातार गिरावट आउने थालेको छ।

डलरको भाउ आज बुधबार पनि घटेको छ। नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि बुधबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ६० पैसाले घटेको हो। यो गिरावटसँगै बुधबार प्रतिडलर खरिददर १२०.७४ रुपैयाँ र बिक्रीदर १२१.३४ रुपैयाँ कायम भएको छ। 

डलरको भाउ हिजो मंगलबार पनि २६ पैसाले घटेको थियो। हिजो प्रतिडलर खरिददर १२१.३४ रुपैयाँ र बिक्रीदर १२१.९४ पैसा कायम भएको थियो। 

पछिल्लो २ दिनको अवधिमा डलरको भाउ ८६ पैसाले घटिसकेको छ। गत सोमबार डलरको भाउ स्थिर रहँदै प्रतिडलर खरिददर १२१.६० रुपैयाँ र बिक्रीदर १२२.२० रुपैयाँ कायम भएको थियो।  

केही सातादेखि डलरको भाउमा निकै उतारचढाव देखिइरहेको छ। यद्यपि डलरले आफ्नो उपस्थित बलियो बनाउँदै आएको छ।   

डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।