काठमाण्डौ । आज मंगलबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ पनि बढेको छ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार यी तीनै विदेशी मुद्राको भाउ बढेको हो। आज डलरको भाउ २७ पैसाले बढेको छ। योसँगै आज पनि प्रतिडलर खरिददर ११७.७५ रुपैयाँ र बिक्रीदर ११८.३५ रुपैयाँ कायम भएको छ।

हिजो सोमबार डलरको भाउ स्थिर रहेको थियो। हिजो प्रतिडलर खरिददर ११७.४८ रुपैयाँ र बिक्रीदर ११८.०८ रुपैयाँ कायम भएको थियो।

युरोको भाउमा निरन्तर आइरहेको गिरावटमा भने मंगलबार ब्रेक लागेको छ। आज युरोको भाउ ४९ पैसाले बढेको छ। योसँगै आज प्रतियुरो खरिददर १३७.१५ रुपैयाँ र बिक्रीदर १३७.८५ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ २८ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतियुरो खरिददर १३६.६६ रुपैयाँ र बिक्रीदर १३७.३६ रुपैयाँ कायम भएको थियो।

पाउन्ड स्टेर्लिङको भाउ आज मंगलबार १.५७ रुपैयाँले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.३३ रुपैयाँ र बिक्रीदर १५२.१० रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ ३० पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १४९.७६ रुपैयाँ र बिक्रीदर १५०.५३ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–