काठमाण्डौ। आज आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरो र पाउन्ड स्टेर्लिङको बढेको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुको आइतबारका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ आज ३० पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११८.४३ रुपैयाँ र बिक्रीदर ११९.०३ रुपैयाँ कायम भएको छ। 

डलरको भाउ गत शुक्रबार पनि ५६ पैसाले घटेको थियो। यो गिरावटसँगै शुक्रबार प्रतिडलर खरिददर ११८.७३ रुपैयाँ र बिक्रीदर ११९.३३ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ २६ पैसाले उकालो लागेको छ। आज प्रतियुरो खरिददर १४०.२७ रुपैयाँ र बिक्रीदर १४०.९८ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि युरोको भाउ ७६ पैसाले उकालो लागेको थियो। शुक्रबार प्रतियुरो खरिददर १४०.०१ रुपैयाँ र बिक्रीदर १४०.७२ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ ९१ पैसाले बढेको छ। आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.७२ रुपैयाँ र बिक्रीदर १५६.५१ रुपैयाँ कायम भएको छ। 

गत शुक्रबार पनि पाउन्ड स्टेर्लिङको भाउ ४३ पैसाले बढेको थियो। शुक्रबार प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.८१ रुपैयाँ र बिक्रीदर १५५.५९ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनियम दर यस्तो छ–