काठमाण्डौ । अमेरिकी डलरसँगै आज बिहीबार युरो र पाउन्ड स्टेर्लिङको भाउ पनि घटेको छ।

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि कायम गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज ९ पैसाले घटेको हो। यो गिरावटसँगै आज प्रतिडलर खरिददर ११६.९९ रुपैयाँ र बिक्रीदर ११७.५९ रुपैयाँ कायम भएको छ।

डलरको भाउ हिजो बुधबार १४ पैसाले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतिडलर खरिददर ११७.०८ रुपैयाँ र बिक्रीदर ११७.६८ रुपैयाँ कायम भएको थियो।

आज युरोको भाउ ७८ पैसाले घटेको छ। आज प्रतियुरो खरिददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.९८ रुपैयाँ कायम भएको छ।

हिजो युरोको भाउ ७ पैसाले बढेको थियो। हिजो प्रतियुरो खरिददर १३८.०६ रुपैयाँ र बिक्रीदर १३८.७७ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ पनि १.३६ रुपैयाँले घटेको छ। योसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५१.५१ रुपैयाँ र बिक्रीदर १५२.२९ रुपैयाँ कायम भएको छ।

हिजो पाउन्ड स्टेर्लिङको भाउ ६४ पैसाले बढेको थियो। योसँगै हिजो प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५२.८७ रुपैयाँ र बिक्रीदर १५३.६५ रुपैयाँ कायम भएको थियो।

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–