काठमाण्डौ । अमेरिकी डलर र युरोको भाउ आज बुधबार पनि बढेको छ। पाउन्ड स्टेर्लिङको भाउमा जारी गिरावटले भने आज पनि निरन्तरता पाएको छ।

नेपाल राष्ट्र बैंकले आज बुधबार विदेशी मुद्राका लागि तय गरेको विनिमय दरअनुसार डलर र युरोको भाउ बढेको हो भने पाउन्ड स्टेर्लिङको दरमा गिरावट आएको हो।

आज डलरको भाउ ४१ पैसाले बढेको छ। यो बढोत्तरीसँगै आज प्रतिडलर खरिददर ११७.४६ रुपैयाँ र बिक्रीदर ११८.०६ रुपैयाँ कायम भएको छ।

हिजो पनि डलरको भाउ ३३ पैसाले बढेको थियो। हिजो प्रतिडलर खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको थियो।

युरोको भाउ आज पनि १२ पैसाले बढेको छ। योसँग आज प्रतियुरो खरिददर १३८.७६ रुपैयाँ र बिक्रीदर १३९.४७ रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि युरोको भाउ ४४ पैसाले बढेको थियो। यो दिन प्रतियुरो खरिददर १३८.६४ रुपैयाँ र बिक्रीदर १३९.३५ रुपैयाँ पुगेको थियो।

पाउन्ड स्टेर्लिङमा आइरहेको गिरावटले आज पनि निरन्तरता पाएको छ। आज पाउन्ड स्टेर्लिङको भाउ ८८ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५३.७३ रुपैयाँ र बिक्रीदर १५४.५१ रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि पाउन्ड स्टेर्लिङको भाउ ६१ पैसाले घटेको थियो। मंगलबार प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५४.६१ रुपैयाँ र बिक्रीदर १५५.४१ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ –