काठमाण्डौ । अमेरिकी डलरसँगै युरोको भाउ आज शुक्रबार बढेको छ भने पाउन्ड स्टेर्लिङको घटेको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार का लागि तय गरेको विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ बढेको ७१ पैसाले बढेको हो। योसँगै आज प्रतिडलर खरिददर ११७.२ रुपैयाँ र बिक्रीदर ११७.८६ रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार पनि डलरको भाउ २६ पैसाले बढेको थिो। हिजो प्रतिडलर खरिददर ११६.५५ रुपैयाँ र बिक्रीदर ११७.१५ रुपैयाँ रहेको थियो। 

आज युरोको भाउ पनि ३२ बढेको छ। यो बढोत्तरीसँगै आज प्रतियुरो खरिददर १३८.५३ रुपैयाँ र बिक्रीदर १३९.२४ रुपैयाँ कायम भएको छ। 

हिजो बिहीबार युरोको भाउ ९८ पैसाले घटेको थियो। यो गिरावटसँगै हिजो प्रतियुरो खरिददर १३८.२१ रुपैयाँ र बिक्रीदर १३८.९३ रुपैयाँ कायम भएको थियो। 

पाउन्ड स्टेर्लिङको भाउमा जारी गिरावले आज पनि निरन्तरता पायो। आज पाउन्ड स्टेर्लिङको भाउ २८ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५५.४० रुपैयाँ र बिक्रीदर १५६.२० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार पनि पाउन्ड स्टेर्लिङको भाउ ७२ पैसाले घटेको थियो। 

आज अन्य विदेशी मुद्राको विनिमय दर यस्तो छ–

​