काठमाण्डौ । आज सेयर बजार २ महिनापछि पुनः १९०० को लाइनमा आएको छ। यसअघि गत जुन १३ मा बजार २००० आसपास चलेको थियो।
आज दिनभरको कारोबारमा बजार केही समय सकरात्मक पनि बनेको थियो। तर, अन्तिमा बजार करिब १३ अंकले घटेर बन्द भएको छ। बजार घट्दा कारोबार पनि घटेको छ।
डाउ थेउरीबाट हेर्दा बजारले आज नयाँ लोवर लो बनाएको छ। यसअघिको २००० को विन्दुबाट पनि बजार आज तल बन्द गरेको छ। यसले बजारमा तीव्र बिक्री दबाब रहेका बुझिन्छ।
बजारलाई इचिमोकुमार्फत हेर्दा आज बजारले क्लाउड पोजिसनबाट पनि तल झरेको छ। बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट काटेर तल झरेको छ। २६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखाबाट तल झरेको छ।
लिडिङ स्पान ‘ए’ र ‘बी’ बीच क्रसओभर बन्दै गरेको देखिन्छ। अर्थात् क्लाउडको पोजिसन हरियोबाट रातो बन्दै गरेको देखिन्छ। यसले बजार केही समय साइडवेज जान सक्ने देखिन्छ।
बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा लगातार खसेको बजारले तल्लो ब्यान्ड १९८० मा बलियो सपोर्टको सम्भावना देखिन्छ।
त्यसैगरी फिवनासीमार्फत हेर्दा पछिल्लोपटक खसेको विन्दुबाट ०.६१ को सपोर्ट पनि १९७५ आसपास लिन सक्छ। बजारलाई भोलुममार्फत हेर्दा क्रमशः घट्दै गएको छ। यसले बजारले कुनै पनि सपोर्ट विन्दुबाट यूटर्न लिन पनि सक्छ।
म्याक्डीमा पनि बजार बियरिस नै देखिन्छ। आज बजार घट्दा आरएसआई ३६ को तहमा रहेको छ। यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जोन ३० भन्दा तल पनि जान सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
30 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago