काठमाण्डौ । लगातार घटिरहेको सेयर बजारले आज पछिल्लोपटकको न्यून विन्दु १९५५ भन्दा तल बन्द भएर नयाँ लोवर लोको शृंखला बनाएको छ। 

डाउ थेउरीअन्तर्गत यदि बजारले हायर लो बनाउन नसकी पहिलेको लोवर लोभन्दा पनि तल बन्द हुन्छ भने त्यस्तो अवस्थामा बजारले नयाँ लोवर लो बनाउँदै गरेको बुझिन्छ। बोलिंगर ब्यान्डमा पनि बजारले तल्लो ब्यान्डलाई केही बंग्याएर तल झरेको देखिन्छ। 

म्याक्डीमा पनि बजारले गत ७ अगस्टमा बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ र लामा–लामा बन्दै गरेका देखिन्छ। आरएसआई पनि ३२ को ओभर सोल्ड जोननजिक पुगेको देखिन्छ। 

पिभट प्वइन्टमार्फत हेर्दा अब बजारको नजिकका पहिलो सपोर्ट १९४२ मा र दोस्रो सपोर्ट १९१३ मा र तेस्रो सपोर्ट १८७२ मा देखिन्छ। बजार यो साताको पिभट प्वइन्ट १९८२ भन्दा तल–तल कारोबार भएकोले बजार कमजोर बन्दै गएको देखिन्छ। 

आगामी दिनमा यदि बजार बढेमा २०११, २०५१ तथा २०८० मा क्रमशः पहिलो, दोस्रो र तेस्रो प्रतिरोध सामना गर्नेछ। 

अघिल्लो दिनको तुलनामा घट्दो बजारमा आज कारोबार बढेको छ। यसलाई राम्रो मानिँदैन। यसले लगानीकर्ताले आज केही घटेर सेयर बेचेको बुझिन्छ।