काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। अघिल्लो कारोबारमा १७ अंकले गिरावट आएको बजारमा आज २५ अंकको बढोत्तरी भएको हो। कारोबार पनि अघिल्लो दिनको तुलनामा आज केही बढेको छ।
प्राविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा करिब १८०८ को विन्दुमा तल्लो ब्यान्डमा सपोर्ट लिएर फर्केको थियो। त्यसपछि बजार मध्य ब्यान्डमा सपोर्ट लिएर अप्पर ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ।
आज करिब १९२७ मा बन्द भएको बजारले अब १९६० को विन्दुमा प्रतिरोध सामना गर्न सक्छ।
बजारलाई म्याक्डीमार्फत हेर्दा गत १८ मेमा बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा बन्दै गरेको देखिन्छ।
आरएसआई केही समयपहिले ओभर सोल्ड जोनबाट फर्केपछि पहिलोपटक ३४ र दोस्रोपटक ४३ बाट माथि फर्केको छ। हाल न्युट्रल जोन ५४ को तहमा रहेको छ। यस हिसाबले आरएसआईको मुमेन्टम अपवार्ड अर्थात् बुलिस बन्दै गरेको देखिन्छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजार अप ट्रेन्डमा देखिन्छ।
आगामी दिनमा बजार घटेमा बोलिंगरको मध्य ब्यान्ड करिब १८७५ मा सपोर्ट लिन सक्छ भने बढेमा १९६० मा प्रतिरोध सामना गर्न सक्छ।
डेली बेसमा डाउ थेउरीबाट हेर्दा १८६० को विन्दुलाई बजारले हायर लो करिब निश्चित गर्दै गरेको भन्न सकिन्छ। तर, कन्फर्मेसनकै लागि भने बजार अघिल्लोपटकको हायर हाई १९६० भन्दा माथि बन्द हुनुपर्नेछ।
हालको बजार १९०० भन्दा माथि–माथि टिकेर भोलुमसहित कारोबार हुनु भनेको बजारले अप ट्रेन्ड लिँदै गरेको मान्न सकिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago