– रेखा चन्द

काठमाण्डौ। नेपाल राष्ट्र बैंक डिजिटल करेन्सी ल्याउने तयारीमा रहेको छ। 

गत शुुक्रबार पोखरामा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलगायत वाणिज्य बैंकका सीईओहरुले डिजिटल करेन्सीका बारेमा विस्तृत छलफल पनि गरेका थिए। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए)का सीईओ अनील शर्माले कतिपय बैंकर्समा डिजिटल करेन्सी र क्रिप्टोमा कन्फ्युुजनजस्तो देखिएको बताए। 

‘डिजिटल करेन्सी भनेको राष्ट्र बैंकले ल्याउने करेन्सी हो, जुुन विभिन्न मुुलुुकमा प्राक्टिस भइसकेको छ’, शर्माले भने ‘क्रिप्टो भनेको चाहिँ कन्ट्रोल पनि हुँदैन, प्राइस पनि तलमाथि हुन्छ र क्रिप्टो बिटक्वाइनहरु गैरकानुनी पनि छ, त्यसैले ती दुवै एउटै कुरा हो कि भन्नेमा धेरै साथीहरुमा कन्फ्युजन थियो।’ 

‘तर यी दुुईमा धैरै फरक छ’, शर्माले भने, ‘डिजिटल करेन्सीको मुुख्य उद्देश्य भनेको क्यासलाई कम सर्कुलेसन गर्ने र कारोबारलाई डिजिटल फर्ममा लग्नुु रहेको छ।’