काठमाण्डौ । सन् १९८४ बाट सञ्चालनमा आएको नबिल बैंक अहिले डिजिटल बैंकिङ तथा फाइनान्सियल टेक्नोलोजीमा अग्रणी बैंकका रुपमा स्थापित भएको छ। ‘डिजिटल्ली फर्स्ट’ भन्ने नाराजस्तै डिजिटल बैंकिङ विकासमा नबिल अहिले अग्रिसिभ रुपमा लागिपरेको छ। 

पुरानो कार्डको युगदेखि मोबाइलमा नयाँ डिजिटल प्रडक्टहरु लन्च गर्न नबिल सधैँ अग्रणी रहँदै आएको छ। नबिल नेपालको पहिलो कम्प्युटराइज्ड बैंकका रुपमा सुरुआत भएको थियो। अहिले नबिल डिजिटलाइज्ड बैंकका रुपमा स्थापित भएको छ। अब नबिल साँच्चिकै ‘डिजिटल बैंक’ बनिरहेको छ।

हालै नबिल बैंकले मोबाइलका लागि नयाँ यूई आधारित एपहरुमार्फत ग्राहकलाई डिजिटल अनुभव प्रदान गर्न आन्तरिक र बाह्य प्रक्रिया डिजिटलाइजेसन प्लेटफर्म अनबोर्ड गरेको छ। नबिलले अन्तर्राष्ट्रिय र स्थानीय बजारको मागलाई ध्यानमा राख्दै आफ्ना मोबाइल बैंकिङ एपहरुलाई नियो बैंकिङ एप सुविधाहरु जस्तै– छिटो खाता खोल्ने, भिडियो केवाईसीमार्फत क्विक अकाउन्टहरुका लागि अनलाइन केवाईसी अपडेटजस्ता सुविधाहरुसहित अपग्रेड गरेको छ। जहाँ ग्राहकले खाता खोल्न शाखाहरुमा जानुपर्दैन। 

त्यसैगरी नबिल बैंकले रियल टाइममा एफडी खाता खोल्ने र एफडी लोन पनि सुरु गरेको छ। ग्राहकले आफ्नो एफडी रकमको ९०% सम्मको ऋण तत्काल लिन सक्नेछन्। एफडी लोनका साथसाथै नबिलले कागजी कामको झन्झट बिना रियल टाइममा २ लाख रुपैयाँसम्म ऋण लिन सक्ने सबै योग्य ग्राहकका लागि डिजिटल लोन पनि सुरु गरेको छ। 

यसका साथै नबिलले कार्डमा आधारित रेमिट्यान्स प्लेटफर्म ‘एनरेमिट’को पनि सुरुआत गरेको छ। जहाँ विदेशमा बस्ने ग्राहकले आफ्नो अन्तर्राष्ट्रिय भिसा वा मास्टरकार्ड कार्डहरु प्रयोग गरेर सीधै नबिल बैंक खातामा पैसा पठाउन सक्छन्। विदेशमा बसोबास गर्ने ग्राहकको सेवा गर्न नबिलले ‘एनबैंक’ सेवामा अन्तर्राष्ट्रिय मोबाइल नम्बरबाट रजिस्ट्रेसन गर्न सक्ने सुविधा प्रदान गरेको छ।

हाल भोलुमका आधारमा नबिलको ८० प्रतिशतभन्दा बढी कारोबार डिजिटल्ली हुँदै आएको छ। चालु आर्थिक वर्ष पुस मसान्तसम्म नबिल मोबाइल बैंकिङ एपमार्फत कारोबार गर्ने ग्राहकको संख्याको हिसाबले तेस्रो स्थानमा छ। कारोबार संख्याका आधारमा नबिल टपअप, बिल भुक्तानी, र अन्तरबैंक कोष स्थानान्तरणका लागि तेस्रो स्थानमा छ। नबिल इन्टरबैंक फन्ड ट्रान्सफरमा चौथो र क्यूआर भुक्तानीमा दोस्रो स्थानमा रहेको छ। अबको ५ वर्षभित्र नबिल सबै पोजिटिभ मेट्रिक्समा नम्बर १ बैंक बन्ने लक्ष्य राखेको छ। 

यसैगरी नबिलले भर्चुअल शाखाका रुपमा ‘एनबैंक’ स्थापना गरेको छ। अनलाइन खाता खोल्ने कुनै पनि ग्राहक यस भर्चुअल शाखा ‘एनबैंक’ का ग्राहक हुन्छन्। एनबैंकको सुरुआतसँगै (२२ डिसेम्बर २०२२ मा सुरु) नबिलको नियो एरा अफ बैंकिङमा प्रवेश गरेको छ। अब ग्राहकले नबिलको लगभग सबै उत्पादन र सेवा (खाता खोल्नेदेखि डिजिटल लोन लिनसम्म) बैंकमा भ्रमण नगरी प्राप्त गर्न सक्छन्। यद्यपि, नबिलको विशाल नेटवर्क २५६ शाखा छन्। जहाँबाट ग्राहकले भौतिक सेवाहरु (जस्तै– कागजमा आधारित ऋण, चेकबुक आदि) प्राप्त गर्न सक्छन्। तर, निकट भविष्यमै पूर्ण रुपमा डिजिटल हुने नबिलको लक्ष्य छ।

डिजिटल बैंकका टेलकोज इन्टरफेसिङ टु भेरिफाई आईडी याज डिपेन्डेन्सी अफ मोबाइल, सेन्ट्रल केवाईसी अर आइडेन्टी म्यानेजमेन्ट र क्रेडिट ब्युरो अर रेटिङ एजेन्सिजजस्ता मुख्य कम्पोनेन्टहरु हुन्। जसलाई सिमलेस ग्राहक अनबोर्डिङ र सीधा डिजिटल लेन्डिङमार्फत पहुँच पुर्याउन रियल टाइम इन्टरफेसिङ आवश्यक पर्दछ। यी इन्टरफेसको अभाव मुख्य ब्लकरहरु हुन्। जुन इन्ड–टु–इन्ड डिजिटल बैंकिङ समाधानहरु हुन्। 

नबिलसँग बैंकहरुसँग पेमेन्ट नेटवर्क र प्रविधिहरुको बलियो उपस्थिति छ। एकपटक ई–केवाईसी र क्रेडिट इन्फोर्मेसन तथा रेटिङका लागि सफल इकोसिस्टम भएपछि इन्ड–टु–इन्ड डिजिटल बैंकिङमा लाग्न सकिने नबिलको विश्वास छ। भेहिकल रजिस्ट्रेसन र ल्यान्ड रजिस्ट्रेसन पनि एकैसाथ डिजिटल जान आवश्यक रहेको नबिलको ठहर छ। 

संसारको कुनै पनि भागमा नवीनता पहिलो प्राथमिकतामा हुन्छ। त्यसपछि मात्र नीतिहरु पछ्याइन्छ। तर, देशको आर्थिक वृद्धिमा फाइदा हुने नवप्रवर्तनलाई समर्थन गर्न सरकारले समयमै राम्रो प्रतिक्रिया दिनुपर्ने नबिलको भनाइ छ। 

डिजिटल बैंकिङमा अग्रिसिभ भइरहँदा डेटाको सुरक्षा, साइबर आक्रमणजस्ता समस्याहरु पनि बढिरहेका छन्। यो कुनै पनि नवीनतम आविष्कारका लागि निरन्तर खतरा हो। धितोपत्रहरुमा पनि यस्तै आविष्कारहरु भइरहेका छन्। एआई, डाटा एनालिटिक्सजस्ता प्रविधिहरुलाई धोखाधडी र जोखिमहरु ट्रयाक गर्न प्रयोग गर्न सकिन्छ।

नबिलले आफ्ना ग्राहकलाई पीडित हुनबाट जोगाउन उचित सुरक्षा अभ्यासहरु पालना गरेको छ। नबिलले नवीनतम टेक्नोलोजीहरु प्रयोग गरेर धम्की र दुर्भावनापूर्ण गतिविधिको निगरानी गर्न अन्तर्राष्ट्रिय सुरक्षा टोलीलाई पनि नियुक्त गरेको छ। यद्यपि, डिजिटल सम्पत्तिहरु चोरी हुनबाट जोगाउनका लागि जनचेतना मुख्य कारक रहेको नबिलले जनाएको छ। 

नियो बैंक मोडेल र एप्सको नयाँ यात्राको सुरुआतमात्र रहेको नबिलले जनाएको छ। डिजिटल इकोसिस्टमले प्रगति गरिरहँदा नबिलले यसमा थप सेवा थप्दै जाने प्रतिबद्धता गरेको छ। 

नबिलले ग्राहकलाई कम झन्झटमा एपहरु प्रयोग गर्न सजिलो बनाउन एपहरु विस्तार गरिरहेको छ। एपहरु एकीकृत गरी ग्राहकलाई समान अनुभव दिनका लागि आन्तरिक कार्य प्रक्रियाहरु डिजिटलाइज गर्नमा पनि नबिलले उत्तिकै ध्यान केन्द्रित गरिरहेको छ। 

नबिल बैंक ग्राहक, सेयरधनी, नियमनकर्ता, समुदाय र कर्मचारीजस्ता आफ्ना सबै सरोकारवालाहरुका लागि सम्पूर्ण वित्तीय समाधान गर्ने पहिलो रोजाइ भन्ने लक्ष्य प्राप्तिका दिशामा अघि बढेको छ। नबिलले धेरै शाखाबाट सेवा प्रदान गर्नुका साथै कार्ड, विप्रेषण र लगानीमैत्री सेवा गरी सबैखाले बैंकिङ सेवाको एकमात्र छनोट बन्न प्रयासरत छ। कुशल र दक्ष जनशक्तिको टिम उद्योग केन्द्रित दिशानिर्देशन र कुशल आर्थिक व्यवस्थापनका कारण नै नबिलले ग्राहकलाई उच्चतम सेवा दिइरहेका छ।