काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको नाफा गत वर्ष यही अवधिको तुलनामा ३१.२२ प्रतिशतले बढी हो। गत वर्ष संस्थाले २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले ९२ करोड ५१ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा २९ करोड ६२ लाख रुपैयाँ रहेको थियो।

दोस्रो त्रैमास संस्थाको खुद ब्याज आम्दानी ६६ करोड १४ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ५४ करोड २९ लाख रुपैयाँमा सीमित थियो।

यो अवधिमा संस्थाले ६ अर्ब ८२ करोड रुपैयाँ सापटी लिई १३ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ७ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई १२ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

संस्थाको रिजर्भको आकार ४८.७१ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ८० करोड ८९ लाख रुपैयाँमात्र थियो।

चुक्तापुँजी १ अर्ब रुपैयाँ रहेको संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९.१२ रुपैयाँबाट बढेर ६४.४५ रुपैयाँ पुगेको छ। पीई रेसियो २२.९६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २१९.६६ रुपैयाँ रहेको छ।