काठमाण्डौ । गत आर्थिक वर्षको २० प्रतिशत लाभांश अनुमोदन गर्दे डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ औँ वार्षिक साधराणसभा आज शुक्रबार सम्पन्न भएको छ।

चितवनको सौरास्थित होटेल मोनासिलामा सम्पन्न सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको छ। बोनस सेयर जारीपछि संस्थाको चुक्तापुँजी १ अर्व १५ करोड ६२ लाख पुग्नेछ। हालको चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४।५१ रुपैयाँ रहेको छ। 

सोही सभाले धादिङ जिल्ला गजुरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्र पनि अनुमोदन गरेको छ।

सभाले संस्थापक सदस्यहरुमध्येबाट सञ्चालकहरुको निर्वाचन समेत गरेकोे छ । निर्वाचित सञ्चालकहरुमा लुम्बिनी विकास बैंक लिमिटेडका तर्फवाट दिपक खनाल, कृषि विकास बैंक लिमिटेडका तर्फवाट यज्ञप्रकाश न्यौपाने र विकास आयोजना सेवा केन्द्र (डिप्रोक्स–नेपाल) का तर्फवाट गणेशकुमार केसी छन्। 

निर्वाचनपश्चात वसेको सञ्चालक समितिको बैठकले सञ्चालक दीपक खनाललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।