काठमाण्डौ । गत आर्थिक वर्षको चौथो त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उछाल आएको छ। 

आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा डिप्रोक्स लघुवित्तले ७१ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा १५९.५५ प्रतिशत बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २७ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ६६.३१ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिमा ४६ करोड १८ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधिमा बढेर ७६ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा खुद ब्याज आम्दानी ९५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। 

संस्थाले समीक्षा अवधिमा ७ अर्ब ७८ करोड रुपैयाँ सापटी लिई १५ अर्ब २३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ५० करोड रुपैयाँ सापटी लिई ११ अर्ब ५४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

संस्थाको रिजर्भको आकार ५५.३९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ८३ करोड ३१ लाख रुपैयाँ रहेको रिभर्जको आकार समीक्षा अवधिमा बढेर १ अर्ब २९ करोड रुपैयाँको उचाइमा पुगेको छ।

चुक्तापुँजी १ अर्ब १५ करोड रुपैयाँ संस्थाले खराब कर्जा ह्वात्तै घटाएको छ। अघिल्लो वर्ष २.४७ प्रतिशत रहेको संस्थाको खराब कर्जाको दर समीक्षा अवधिमा घटेर ०.९२ प्रतिशतमा झरेको छ। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६१.७३ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस २७.३५ रुपैयाँमा रहेको थियो। पीई रेसियो २७.३१ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २११.९६ रुपैयाँ रहेको छ।