काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको आज बिहान बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने २४ करोड ३४ लाख २५ हजार २०.०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७२२.१४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २७९.८७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभा अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।