काठमाण्डौ। डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न वार्षिक साधारणसभाबाट पारित भएका नगद लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई भुक्तानी लिन आउन आग्रह गरेको छ।

संस्थाले आइतबार एक सूचना जारी गर्दै हालसम्म बुझिलिन बाँकी नगद लाभांश लिन आउन सेयरधनीहरुलाई आग्रह गरेको हो। त्यस्ता सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रका साथ आफ्नो कुनै परिचयपत्र लिई वा विभिन्न आर्थिक वर्षमा संस्थाको सेयरधनी रहेका तर हालसम्म आफ्नो सेयर बिक्री गरिसकेकाहरुले पनि आवश्यक कागजातको प्रतिलिपिसहित संस्थाको सेयर जिस्ट्रार सिद्धार्थ क्यापिटलमा सम्पर्क गरी नगद लाभांश बुझिलिन संस्था आग्रह गरेको छ। सिद्धार्थ क्यापिटलको कार्यालय काठमाण्डौको नक्सालमा रहेको छ।

संस्थाले आर्थिक वर्ष २०७०/७१ (पाँ चवर्षभन्दा पुरानों सम्मको बुझिलिन बाँकी रहेको नगद लाभांश रकम कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भएको लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि जनाएको छ। त्यसो त संस्थाले विभिन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश लिन बाँकी सेयरधनीहरुको नाम संस्थाको वेबसाइटमा पनि राखेको जानकारी गराएको छ।