काठमाण्डौ । धेरैपटक १८०० को आसपासबाट फर्केको बजार आज पनि लगभग त्यही विन्दुमा आएको छ। आज बजार दिनभर घटेर कारोबार भएको छ।
दिनभरको कारोबारमा बजारले आजको न्यून विन्दु १८०८ को विन्दुसम्म आयो भने १८१८ को विन्दुमा बन्द भएको छ। बजारले अघिल्लोपटक बटम बनाउँदै १८१४ मा बन्द भएको थियो। त्यसपछि बजारले माथिको यात्रा तय गरेको थियो।
कारोबारको हिसाबले आजको बजारलाई हेर्दा औसतभन्दा तल नै देखिन्छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा सूचकको न्यून विन्दुमा ह्याम्मर क्यान्डल बनेको छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। तर, यसका लागि भने आगामी कारोबारमा भोलुमसहित बु्लिस मारुबुजु क्यान्डलसँगै बजार १८४० भन्दा माथि बन्द हुनुपर्नेछ। अन्यथा बजारमा करेक्सन नै चल्ने सम्भावना रहन्छ।
बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा लगातार ४ दिन घटेको छ भने मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ। म्याक्डीमा भने बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ नै रहेका छन्। आरएसआई ओभर सोल्ड जोननजिक ३३ को विन्दुमा रहेको छ। घट्दो बजारमा यस्तो विन्दु ३० भन्दा तल पनि आउन सक्छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा करिब–करिब बजारले बटम लगाउँदै गरेको भन्न सकिन्छ। तर, यसको कन्फर्मेसनका लागि बजार १८४० भन्दा माथि बन्द हुनुपर्नेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
11 minutes ago
46 minutes ago
52 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago