काठमाण्डौ । स्मार्टफोनको प्रयोग निकै बढेको छ। मानिसहरुले अहिले यसमा महत्त्वपूर्ण फाइलहरु स्टोर गर्न थालेका छन्। 

समस्या तब आउँछ जब फोन बिग्रन्छ र हराउँछ। यस्तो अवस्थामा मानिसहरु डाटा रिकभरीलाई लिएर धेरै चिन्तित छन्। तर, तपाइँ केही विधिसँग डिभाइसबाट फोटो, भिडियो र अन्य डाटा रिकभर गर्न सक्नुहुन्छ।

यसको विधि पनि निकै सहज छ। यद्यपि, तपाइँले डाटा रिकभरीका लागि धेरै विधिहरु प्रयोग गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा हामी यहाँ तपाइँलाई फोनको डाटा रिकभर गर्न सकिने सहज विधिहरुका बारेमा बताइरहेका छौँ। त्यसपछि तपाइँ यो डाटालाई नयाँ डिभइसमा ट्रान्सफर गर्न सक्नुहुन्छ र यसलाई स्टोर गर्न सक्नुहुन्छ।

क्लाउड ब्याकअपबाट पुनः पाउने सकिन्छ

यदि तपाइँले गुगल ब्याकअप वा अन्य कुनै क्लाउड ब्याकअप अन राख्नुभएको थियो भने तपाइँको डाटा त्यहाँ ब्याकअप हुन्छ। जसलाई तपाइँ सजिलै रिकभर गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले गुगल आईडी वा क्लाउड आईडीमा लगइन गरेर डाटा रिकभर गर्नुपर्नेछ।

एप्पल डिभाइसहरुको मामलामा डाटा आईक्लाउटमा स्टोर गरिएको हुन्छ। तपाइँ यसलाई एक्सिस गर्न एप्पल आईडी प्रयोग गर्न सक्नुहुन्छ। यसले अटोमेटिक रुपमा तपाइँको नयाँ डिभाइसमा अन्तिम ब्याकअप डाटा पुनः प्राप्ति गर्दछ। तपाइँ यी क्लाउड वेबसाइटहरुको मद्दतले तपाइँको पुरानो डिभाइसमा डाटा डाउनलोड गर्न सक्नुहुन्छ।

तपाइँले धेरै साइटहरु वा एपहरु अनलाइन पाउनुहुनेछ, जसको मद्दतले तपाइँले मेटाइएको डाटा रिकभर गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले फोनपाउ रिकभरी टुल पनि प्रयोग गर्न सक्नुहुन्छ। यदि अर्को डाटाको साइज कम छ भने तपाइँको काम सित्तैमा हुनेछ। अन्यथा तपाइँले पैसा खर्च गर्नुपर्नेछ।

अहिले माइक्रो एसडी कार्डको चलन विस्तारै लोप हुँदै गएको छ। तर, यदि तपाइँको डाटा माइक्रो एसडी कार्डमा छ भने तपाइँले यसलाई रिकभर गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले रिकभरी टुलको मद्दत पनि लिनुपर्छ। यसबाट तपाइँले पीसीमा माइक्रो एसडी कार्ड प्रयोग गरी एडाप्टर र रिकभरी टुलको सहयोगमा डाटा रिकभर गर्न सक्नुहुन्छ। –एजेन्सी