काठमाण्डौ। डिशहोमले आफ्ना ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्ने उद्देश्यले बिल्कुलै नयाँ र मोरञ्जनात्मक कमेडी शो ‘कमेडी क्याफे’ सञ्चालनमा ल्याएको छ। 

कार्यक्रम कमेडी क्याफे गत फागुन २२ गतेदेखि डिशहोमको रियालिटी टिभी च्यालन नम्बर १ सय २ मा हरेक शनिबार साँझ ७ बजे प्रसारण भइरहेको छ। विविध मनोरञ्जनात्मक नेपाली चलचित्र, लोक दोहोरी र आधुनिक गीतसँगै फोनमार्फत सेलिब्रेटी, कलाकार र अन्य व्यक्तिलाई प्र्यांक (झुक्याउने) कल गरी प्रस्तोताहरुले रमाइलो कुराकानी गर्नेछन्।

हास्य टेलिशृंखलामा ‘माने’ र ‘रेन्बो सोल्टा’ नाममार्फत परिचितक लाकार सुजित थापा क्षेत्री र राजु भुजेलले विभिन्न चरित्र बनी फोन उठाउने व्यक्तिलाई झुक्याछन्। यस कार्यक्रममार्फत डिशहोमका दर्शकले भरपुर मनोरञ्जन लिने विश्वास कम्पनीले लिएको छ।