काठमाण्डौ। देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ।

नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैँडाकोटमा पुगेको जानकारी बिक्री प्रबन्धक मनोज शर्माले दिए। 

डिशहोम फाइबरनेट नेपालका प्रमुख सहर काठमाण्डौ, भक्तपुर, ललितपुर, हेटौँडा, इनरुवा, इटहरी, बर्दिबास, बुटवल, वीरगन्ज, धरान, जनकपुर, बिर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान, भैरहवा, पनौती, पोखरा र विराटनगरलगायत अन्य स्थानमा पुगिसकेको छ। छिटै नेपालगन्ज र धनगढीमा पनि पुग्दैछ। 

अब ग्राहकलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सबैभन्दा कम मूल्यमा डिशहोम फाइबरनेटले प्रदान गर्ने भएको छ। ग्राहकले मासिक मात्र रु. ८९९ मा नै १०० एमबीपीएस इन्टरनेटको मज्जा ५ जी ड्युल ब्यान्ड राउटरका साथमा लिन सक्नेछन्। 

अहिले नेपालीको घरआँगनमा चाडपर्वको मौसम छाइसकेको छ। यो रमाइलो पर्वको मौसममा थप खुसियाली र उत्साह थप्न डिशहोम फाइबरनेटले “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना सञ्चालन गरेको छ। यही असोज ११ गतेदेखि लागू भएको यो योजनाअन्तर्गत डिशहोम फाइबरनेटको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहक स्पेन घुम्न जान पाउनेछन्। स्पेन जाने चार भाग्यशाली बिजेताको छनौट लक्की ड्रमार्फत गरिनेछ। लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाइलो टीभी, सरोकार टीभी, रियालिटी टीभी र डिशहोमको अन्य च्यानलहरुमा हुनेछ। 

डिशहोम फाइबरनेटका बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाइलाई सम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।