काठमाण्डौ। डीटीएच सर्भिस दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ। 

छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्टस्थापना गरेको हो। 

अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नका लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गयिरएको कम्पनीले जनाएको छ। 

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेसनमार्फत फाइबर केवलका माध्यममार्फत डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोटसम्म पुर्याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाइटमा अपलिंक गरी प्रशारण गर्ने क्षमता राख्दछ।