काठमाण्डौ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले १७ औँ वार्षिक साधारणसभा डाकेको छ।
एसोसिएसनको कार्य समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ३ गते चितवन नेसनल पार्कस्थित होटेल मेघौलीसराई, ताज सफारीमा वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले आगामी २ वर्ष कार्यकालका लागि नयाँ कार्यसमितिका पदाधिकारी चयन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। चालु आर्थिक वर्ष २०७९–८०का लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने र अनुमानित आय–व्याय पारित गर्नेछ।
विधान संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
15 hours ago
15 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago
18 hours ago