काठमाण्डौ । सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।
आज बुधबार बिहान २ः१२ बजे ६.६ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केही घर भत्किँदा घर भत्किएका छन्। त्यहाँ भत्किएका घरमा च्यापिएर ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। मृतकमा हर्क बोहरा, प्रेम बोहरा, भगवती बोहरा, सीता बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन्।
भूकम्पमा परी पाँचजना घाइते भएका छन्। उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको प्रहरीले जनाएको छ। हाल भूकम्पग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली खटिएको छ।
त्यसअघि मंगलबार राति ९ः७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछि पनि पटक–पटक भूकम्पको झट्का महसुस भएको दिपायलका दीपक बोहराले बताए।
भूकम्पको झट्का सुदूपश्चिम क्षेत्रमा महसुस भएको थियो।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago