काठमाण्डौ । अमेरिकी सेयर बजारमा डो जोन्स इन्डष्ट्रियल इतिहासकै उच्च  विन्दुमा पुगेको छ । 

एकै दिन इन्डेक्स  ४६४ अंकको बढोत्तरी भई ३२ हजार पुगेको हो । 

उता नास्डकमा भने करेक्सन आएको छ । यसैबीच एसएनपी ५०० सामान्य मात्रै बढेको छ ।

विश्लेषकहरुले  डो जोन्स यसरी बढ्नुमा अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडनले लिएको नीति तथा हालै ल्याइएको राहत प्याकेज , मुद्रा स्फ्रितिलाइ आधार मानेका छन् । सो राहत प्याकेज अन्तर्गत ९० प्रतिशत घरधनीले १५ सय डलर पाउने छन् । यिनै कारणले लगानीकर्ताको मनोबल बलियो हुँदा डो जोन्सले उच्च विन्दु कायम गरेको हो ।