काठमाण्डौ । हरेक पटक गुगलले कुनै पनि चाडपर्व, वार्षिकोत्सव वा विशेष अवसरमा प्रसिद्ध व्यक्तिको सम्झनामा डुडल बनाउँछ। 

हालै गुगलले एउटा कलात्मक डुडल बनाएको छ । यसमा उसले आविष्कारक एन्जेलो मोरिओन्डो को १७१ औँ जन्मजयन्ती मनाएको छ। 

मोरिओन्डोलाई एस्प्रेसो मेसिनको गडफादर मानिन्छ। उनलाई सन् १८८४ मा पहिलो ज्ञात एस्प्रेसो मेसिन पेटेन्ट गर्ने श्रेय दिइएको थियो। 

डुडलले पहिलो एस्प्रेसो मेसिनको ग्राफिक इन्टरचेन्ज फम्यार्ट (जीआईएफ) बनाएको छ। जुन ओलिभिया ह्वेनद्वारा बनाइएको थियो। यसलाई कफीले रंग्याइएको थियो।

एन्जेलो मोरिओन्डो को हुन् ? 

एन्जेलो मोरिओन्डोको जन्म ६ जुन १८५१ मा इटालीको टुरिनमा उद्यमी परिवारमा भएको थियो। मोरिओन्डोका हजुरबुवाले वाइन उत्पादन कम्पनी स्थापना गरेका थिए। मोरिओन्डोका बुवाले कम्पनीको जिम्मा लिए। पछि मोरिओन्डो आफैँले लोकप्रिय चकलेट कम्पनी ‘मोरिओन्डो र गारिग्लियो’ आफ्नो भाइ र काकाका साथ मिलेर खोले।

मोरिओन्डोले सहरको केन्द्र पियाजा कार्लो फेलिसमा रहेको ‘ग्रान्ड–होटेल लिगुर’ र भिया रोमाको ग्यालेरिया नाजियोनालेमा रहेको ‘अमेरिकन बार’ दुई पसल किने। मोरिओन्डोेको समयमा इटालीमा कफी निकै लोकप्रिय थियो। तर, कफी तयार हुन लामो समय कुर्नुपरेकाले ग्राहकले असुविधाको सामना गर्नुपरेको थियो।

सन् १८८४ मा मेसिन पहिलोपटक विश्वमा पेस

गुगलले भनेको छ, ‘मोरिओन्डोले सोचेका थिए कि एकैचोटि धेरै कप कफी पकाएर धेरै ग्राहकलाई छिटो दरमा सेवा दिन सकिन्छ। यसबाट उनले आफ्ना प्रतिस्पर्धीलाई उछिन्नेछन्।’

मोरिओन्डोले आफ्नो एस्प्रेसो मेसिन १८८४ मा टुरिनको जनरल एक्सपोमा पेस गरे। त्यसअघि उनले मेसिनलाई मेकानिकको निगरानीमा राखे। यो मेसिनलाई जनरल एक्सपोमा एक कास्य पदकबाट सम्मानित गरिएको थियो।

मेसिनमा एउटा ठूलो बोयलर थियो। जसले तातोपानीका साथ कफी सर्भ गथ्र्यो। २३ अक्टोबर १८८५ मा पेरिसमा दर्तापछि आविष्कार एक अन्तर्राष्ट्रिय पेटेन्टद्वारा पुष्टि भएको थियो। मोरिओन्डो एउटा पेटेन्ट प्राप्त गरे। मोरिओन्डोले त्यसपछिका वर्षहरुमा आफ्नो आविष्कारलाई सुधार र पेटेन्ट गर्न जारी राखेका थिए। –एजेन्सी