काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) मा दबाब पर्न थालेको छ।
केही समयअघि ५१ अर्ब रुपैयाँ माथि रहेको तरलता अहिले घटेर ४१ अर्ब रुपैयाँमा सीमित बनेको छ। प्रणालीमा ५० अर्बभन्दा तल रहेको अवस्थामा तरलतामा दबाब पर्न थालेको प्रस्ट हुन्छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले पनि हाल प्रणालीमा ४१ अर्ब तरलता रहेको स्वीकारेका छन्। तरलतामा केही दबाब परेको उल्लेख गर्दै ढकालले तत्काल ब्याजदरमा भने प्रभाव नपार्ने बताए। ‘बैंकहरुले वैशाखको ब्याजदर सार्वजनिक गरिसकेका छन्’, उनले भने, ‘ब्याजदर बढेको छैन।’
पुनकर्जाको रकम, सरकारको पुँजीगत खर्चको रकमलगायत बजारमै जाने भएकोले तरलता सहज हुँदै जाने पनि प्रवक्ता ढकालले बताए। हाल राष्ट्र बैंकबाट पुनकर्जाको १४३ अर्ब रुपैयाँ स्वीकृत भइसकेको जानकारी दिँदै ढकालले त्यसमध्ये १२५ अर्ब बैंक तथा वित्तीयहरुले लगिसकेको बताए। ‘अब बाँकी रहेको १८ अर्ब रुपैयाँ पनि छिटै लैजाने छन्’, उनले भने।
उता अन्तरबैंक ब्याजदर भने ४.२६ प्रतिशत पुगेको छ। करिब डेढ महिनाअघि अन्तरबैंक ब्याजदर १ प्रतिशतभन्दा मुनि झरेको थियो। ‘अहिलेको अन्तरबैंक ब्याजदर पनि घटेको हो’, ढकालले भने, ‘केही दिनअघि अन्तरबैंक ब्याजदर ४.७ प्रतिशत रहेको थियो।’
10 minutes ago
28 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago