काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर घटाएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यस्तो दर घटाएको हो। संशोधित व्यवस्थाअनुसार ब्याजदर करिडोरको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दर घटाएर ४.५ प्रतिशत कायम गरिएको छ। यसअघि यस्तो दर ५.५ प्रतिशत थियो।
ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको स्थायी तरलता सुविधादर भने ७.५ प्रतिशत यथावतै राखिएको छ।
यसैगरी नीतिगत दरका रुपमा रहेको रिपो दरलाई घटाएर ६.५ प्रतिशत कायम गरिएको छ। यसअघि रिपो दर ७ प्रतिशत थियो।
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago