काठमाण्डौ । तस्करी गरी नेपाल भित्र्याइएको सुनको तौल ६० किलो ७१६ ग्राम रहेको पाइएको छ।
हङकङबाट ब्रेक शुमा लुकाएर नेपाल भित्र्याइएको सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम रहेको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका एक अधिकारीले जानकारी दिए। उक्त सुन ब्रेक शुबाट निकालेर राष्ट्र बैंकले गालेको थियो।
गालेपछि सुनका ३४ बिस्कुट तयार गरिएको छ। ती बिस्कुटको कुल तौल ६० किलो ७१६ ग्राम ती अधिकारीले जानकारी दिए। ‘अब सुनको गुणस्तर परीक्षण हुनेछ’, ती अधिकारीले भने, ‘हप्ता दिनसम्म गुणस्तर पनि पत्ता लाग्नेछ।’
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago