काठमाण्डौ । भन्सार छली २५ किलो सुन तस्करीकाण्डमा राजश्व अनुसन्धान विभागले सातजनाविरुद्ध राजस्व चुहाव र विदेशी विनिमय अपचलन कसुमा रु ३०.२६ करोड बिगोबराबरको मुद्दा चलाएको छ ।
सङ्खुवासभाका तोप्के भोटेसमेतले २५ किलो सुन भन्सार चोरी–पैठारी गरी राजश्व चुहावट गरेको कसुरमा रु १५ करोड १३ लाख तथा विदेशी विनिमय अपचलनको कसुरमा रु १५ करोड १३ लाख गरी रु ३० करोड २६ लाख बिगोबराबरको राजश्व छलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको टोलीले असोजको तेस्रो साता तोप्के भोटेको शरीर तथा झोला जाँच गर्दा बिना बिल बीजक लुकाइछिपाइ ल्याउँदै गरेको पाँच किलो सुन बरामद गरी अनुसन्धानका लागि विभागमा पठाएको थियो ।
अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा तोप्के भोटे, रिञ्जिन भोटे, जर्गा भोटे, छिरिङ भोटे, ग्यात्सो भोटे, क्यमा भोटे र सोनाम डोमा भोटेको संलग्नता रहेको पाइएको विभागले जनाएको छ । तोप्चे, ग्यात्सो र रिञ्जिन भोटे पक्राउ परेका छन् भने अरू फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुले एक अर्काको बैंक खाता प्रयोग गरी पहिले पनि चार पटकसम्म यस्तै प्रकृतिको सुन भन्सार चोरी–पैठारी गरेको देखिएकाले उनीहरुले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) बमोजिम कसुर गरेको विभागले जनाएको छ
उक्त घटनामा पुष्टि हुन आएको २५ किलो सुन जफत गरी सोही ऐनको दफा २३ (१) बमोजिम बिगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग दाबीसहित आज सङ्खुवासभा जिल्ला अदालतमा मुद्दा चलाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ ।
4 hours ago
4 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago
7 hours ago
8 hours ago