काठमाण्डौ । तारा एयरको पोखरा–जोमसोम–पोखरा उडान एक साताका लागि स्थगित गरिने भएको छ। 

तारा एयरले आज एक सूचना प्रकाशित गर्दै भोलि जेठ २० गतेदेखि जेठ २७ गतेसम्मका लागि पोखरा–जोमसाम–पोखरा उडान स्थगित गरिएको जानकारी गराएको हो। 

तारा एयरले विशेष कारणवश एक साताका लागि उक्त रुटमा उडान स्थगित गरिएको जनाएको छ। 

पोखरादेखि जोमसोमका लागि उडेको तारा एयरको विमान गत आइतबार दुर्घटनामा परेको थियो। दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो। 

विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको शव आजमात्रै परिवारजनलाई बुझाइएको छ। 

सरकारले उक्त विमान दुर्घटनाका विषयमा जाँच गर्न एक आयोग पनि गठन गरेको छ।