काठमाण्डौ। तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले आउँदो मंसिर ७ गते आइतबार विशेष साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले विशेष साधारणसभा रुपन्देहीको बुटवलस्थित बैंकको केन्द्रीय सभाहलमा भिडियो कन्फ्रेन्सबाट आयोजना गर्ने निर्णय गरेको हो। सभामा सेयर संरचना परिवर्तन गर्न प्रबन्धपत्रमा प्रस्ताव गरेबमोजिम संशोधन गर्ने विशेष प्रस्ताव पारित हुनेछ।
विशेष साधारणसभाद्वारा स्वीकृत गरिएको प्रस्तावित प्रबन्धपत्रको संशोधन कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक तथा अन्य निकायबाट स्वीकृत गराउनका लागि आवश्यकताअनुसार सोमा थपघट गर्न वा सच्याउन सञ्चालक समितिलाई अख्तियारी दिनेृ प्रस्ताव पनि सभाले पारित गर्नेछ।
हाल बैंकको संस्थापक सेयरधनी समूहको सेयर स्वामित्व ६३.५६ र सर्वसाधारण समूहको सेयर स्वामित्व ३६.४४ प्रतिशत रहेको छ। संशोधनपछि सेयर स्वामित्व संस्थापक समूहको ५३.३३ र सर्वसाधारण समूहको ४६.६७ प्रतिशत हुनेछ। नेपाल राष्ट्र बैंकबाट सेयर संरचना परिवर्तनका लागि स्वीकृत भएको साथै बोनस सेयर वितरणपछि सेयर संरचना परिवर्तन भएकोले प्रबन्धपत्र संशोधन गर्न लागिएको बैंकले जनाएको छ।
विशेष साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब कात्तिक २५ गतेसम्म कायम सेयरधनीहरुमात्र विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
13 hours ago
13 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago