काठमाण्डौ। तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण सेयर स्वामित्व परिवर्तन गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशकाबमोजिम सेयर स्वामित्व परिवर्तन गर्न लागिएको बैंकले सोमबार एक सूचना जारी जानकारी गराएको हो। यो निर्देशकाबमोजिम अब बैंकमा संस्थापक सेयर स्वामित्व ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व हुने बैंक सञ्चालक समितिले निर्णय गरेको छ।
यसअघि बैंकमा संस्थापक सेयर स्वामित्व ५३.३४ प्रतिशत र सर्वसाधारण सेयर स्वामित्व ४६.६६ प्रतिशत रहेको थियो।
सेयर स्वामित्व परिवर्तन गर्न राष्ट्र बैंक तथा सम्बन्धित निकायको स्वीकृति लिइने र सोहीअनुसार बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय पनि सञ्चालक समितिले गरेको छ। यदि कोही संस्थापक सेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको संस्थापक समूहको सेयरलाई सर्वसाधारण समूहमा परिणत नगर्ने नभएमा सोहीअनुसारको स्वःघोषणा गरी यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको रुपन्देहीको बुटवलस्थित केन्द्रीय कार्यालयमा जानकारी गराउन पनि बैंकले आग्रूह गरेको छ।
तोकिएको मितिभित्र जानकारी उपलब्ध नगराउने संस्थापक सेयरधनीहरुको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने सहमति प्रदान गरेको मानिने पनि बैंक स्पष्ट पारेको छ।
संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्न नचाहने संस्थापक सेयरधनीहरुले सोसम्बनधी स्वःघोषणा फाराम बैंकको वेबसाइटमा राखिएकोले त्यहाँबाट डाउनलोड गरी भर्न सक्ने बैंकले सूचनामा उल्लेख गरेको छ।
22 minutes ago
1 hour ago
12 hours ago
12 hours ago
15 hours ago
16 hours ago
16 hours ago
17 hours ago
17 hours ago
17 hours ago