काठमाण्डौ । तिनाउ विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको नाफा १ करोड ९१ लख रुपैयाँ थियो । 

समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खूद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिमा ३ करोड १२ लाख मात्र आम्दानी गर्न सकेको हो । 

बैंकले संचालन खर्चलाई नियन्त्रणमा राख्न सकेको देखिएन भने कर्मचारी खर्च समेत निकै धेरै बढेको छ । 

संभावित जोखिम व्यवस्थापनबाट ६० लाख बढी राइट ब्याक गरेको बैंकले संभावित जोखि मव्यवस्थापनकै लागि ४३ लाख प्रोभिजनमा राखेको छ । 

समीक्षा अवधिमा बैंकले ४ अर्ब निक्षेप संकलन गरी ३ अर्ब २५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ अर्ब ४८ करोड निक्षेप संकलन गरी २ अर्ब ९७ करोड कर्जा परिचालन गरेको थियो । 

अघिल्लो आबको पहिलो त्रैमासमा १३ करोड १५ लाख रुपैयाँ रहेको जगेडाकोषमा समीक्षा अवधिमा १६ करोड बढी रकम जम्मा भएको छ । 

समीक्षा अवधिमा बैंकले खराब कर्जालाई समेत नियन्त्रणमा राख्न सकेको देखिएन । अघिल्लो वर्षको यही अवधिमा ०.१२ प्रतिशत रहेको खराब कर्जा बढेर ०.३६ प्रतिशत पुुगेको छ । ५.३२ प्रतिशत रहेको कस्ट अफ फण्ड बढेर ८.५८ प्रतिशत पुुगेको छ । 

नाफा घट्दा यो बैंकको प्रतिसेयर आम्दानी घटेर १३.६१ रुपैयाँ कायम भएको छ । यो अवधिमा प्रतिसेयर नेटवर्थ १३४.८२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.४३ गुणा कायम भएको छ ।