काठमाण्डौ । तिहार मनाउन घर फर्किने यात्रुलाई काठमाण्डौका ४ स्थानमा कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ।

तिहार मनाउन काठमाण्डौबाट बाहिर जाने यात्रुलाई कोटेश्वर, गोंगबु, बल्खु र कलंकी चोकमा कोभिडविरुद्धको खोप दिन लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार यी स्थानमा यात्रुलाई भेरोसिल र एस्ट्राजेनेका खोप निःशुल्क लगाइनेछ। 

यी स्थानमा आज (मंगलबार) र भोलि (बुधबार) २ दिन यात्रुलाई खोप लगाइनेछ। खोप कार्यक्रम बिहान ७ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ। 

यात्रुले खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचयपत्र देखाउनुपर्नेछ।