काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले तिहार बिदामा ग्राहकको सुविधाका लागि देशका विभिन्न स्थानमा रहेका १९ वटा शाखाहरु खुला राख्ने भएको छ।
बैंकले एक सूचना जारी तिहारको भाइटीका (कात्तिक २० गते) बाहेक कात्तिक १८ (लक्ष्मीपूजा) कात्तिक १९ (म्हपूजा÷गोबर्धनपूजा) र कात्तिक २१ गते (भाइटीकाको भोलिपल्ट) यी शाखाहरु खुला राख्ने निर्णय गरेको हो।
बैंकका अनुसार कात्तिक १८ गते नेपालगन्ज, सुर्खेत, खजुरा, घोराही, धनगढी, अत्तरिया, बलुवाटार, न्युरोड (काठमाण्डौ), कमलविनायक, न्युरोड (पोखरा), बिरौटा (पोखरा), नारायणगढ र बुटवल शाखा खुला रहनेछन्।
यसैगरी कात्तिक १९ गते नेपालगन्ज, सुर्खेत, खजुरा र घोराही शाखा खुला हुनेछन्।
कात्तिक २१ गते भने नेपालगन्ज, सुर्खेत, खजुरा, घोराही, धनगढी, अत्तरिया, भद्रकाली (पोखरा), नयाँ बसपार्क (पोखरा), पेप्सीकोला, नयाँबानेश्वर र कुमारीपाटी शाखाहरु खुला रहने बैंकले जनाएको छ।
यी शाखाहरु तिहारका बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहने बैंकद्वारा जारी सूचनामा उल्लेख छ।
8 hours ago
8 hours ago
8 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago