काठमाण्डौ । साताको अन्तिम कारोबार दिन शुक्रबार अनि महिलाको महान चाड हरितालिका तीजका दिन सुनको भाउ स्थिर बन्न पुगेको छ।

आज प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८७ हजार ३०० रुपैयाँ नै कायम भएको छ। हिजो बिहीबार तोलामै १ हजार ६०० रुपैयाँ घट्दै प्रतितोला फाइन गोल्ड ९८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९८ हजार ३०० रुपैयाँ कायम भएको थियो। 

गत बुधबार स्थिर रहेको सुनको भाउमा मंगलबार भने तोलामै २ हजार २०० रुपैयाँको बढोत्तरी हुँदै प्रतितोला फाइन गोल्ड १ लाख ४०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ९०० रुपैयाँ कायम भएको थियो। 

साताको पहिलो आइतबार र दोस्रो दिन सोमबार भने सुनको भाउ तोलामै २००/२०० रुपैयाँले घटेको थियो। 

समग्रमा यो साताभरि सुनको भाउमा २०० रुपैयाँको बढोत्तरी भएको छ।

गत साता लगातार सुनको भाउमा गिरावट आएको थियो। जसका कारण गत साताभरि सुनको भाउ तोलामै ४ हजार ९०० रुपैयाँको गिरावट आएको थियो। 

गत साउन २३ गते नेपाली बजारमा सुनको भाउले हालसम्मकै उच्च दर कायम गरेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख ३ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ३ हजार रुपैयाँ कायम भएको थियो।

आज चाँदीको भाउ १० रुपैयाँ बढ्दै १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १५ रुपैयाँ घटेर चाँदी १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।