काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान पर्व हरितालिका तीजका अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ। 

होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो।

यस अफरअन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरिद गर्न सक्नेछन्। आधारभूत तीज प्याकेज रु. ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ। 

यसअन्तर्गत सुगर रेन्डम, युरिक एसिड, लिपिड प्रोफाइल, युरिया, क्रेटिनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पीए, ईसीजी, अल्टासाउन्ड, युरिन रुटिनलगायतको जाँच हुनेछ।

यस्तै नर्भिकले मेमोग्रामसहितको तीज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ। यो प्याकेज ९९९९ रुपैयाँमै खरिद गर्न सकिनेछ। 

आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबललगायतका अन्य आइटम पनि समावेश छन्। 

नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ। यो प्याकेज ७७७७ रुपैयाँमै खरिद गर्न सकिनेछ।