काठमाण्डौ । दिनभरको उतारचढावपछि सेयर बजार आज बढेर बन्द भएको छ।
आज बजार खुलेलगत्तै घट्न सुरु गरेको थियो। कारोबारको पहिलो २ घन्टामा लगभग ११ अंकले बजार घटेको थियो। त्यसपछि भने बजारमा लगभग १५ अंकको बढोत्तरी भएको थियो। तर, त्यो बढोत्तरी टिक्न सकेन। बजार बन्द हुँदा ५ अंकको मात्रै बढोत्तरी भएको छ।
दिनभरको कारोबारमा आज बजारलाई क्यान्डल स्टिकमार्फत हेर्दा डोजी स्टार बनेको देखिन्छ। डोजी स्टार भनेको कम्पनीको मूल्य तथा सूचकको सुरु र अन्तिम मूल्य बराबर भएमा डोजी स्टार बन्छ। अर्थात् प्लस आकृति बनेको हुन्छ। यस्तो आकृति भनेको अनिर्णयको संकेत हो। तर, यो आकृतिलाई अन्य क्यान्डलहरुसँग जोडेर हेर्दा भने कुनै संकेत मिल्ने गर्छ।
यसभन्दा अघिका ३ वटा सुटिङ स्टारका क्यान्डलहरु पछि आज नेप्सेमा डोजी स्टार बनेको हो। यसले बजारमा बिक्री दबाब परेको बुझ्न सकिन्छ।
दीर्घकालमा बजार बुलिस नै रहेको छ भने अल्पकालमा बजारमा केही करेक्सनको सम्भावना देखिन्छ।
दैनिक चार्टमा आरएसआई ओभर बट जोन ७० को तहमा रहेको छ। म्याक्डीमा पनि हिस्टोग्राम पोजिटिभ रहे पनि फिक्का र छोटा–छोटा हुँदै गएका छन्। बोलिंगर ब्यान्डमा भने बजार अप्पर ब्यान्डमा छोएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago