काठमाण्डौ । विभिन्न माग राख्दै विश्वका ठूला गाडी निर्माता कम्पनीहरुका कामदारहरु आन्दोलनमा उत्रिएका छन्।
जनरल मोटर्स, फोर्ड र स्टेलान्टसका कर्मचारीहरु आन्दोलनमा कामदारहरु आन्दोलनमा उत्रिएका थिए। युनाइटेड अटो वकर्स युनियनको अगुवाइमा आन्दोलन सुरु भएको हो। यसरी तीनवटै कम्पनीका मजुदर संगठनहरु एकैपटक आन्दोलनमा उत्रिएको यो इतिहासमै पहिलोपटक हो।
आन्दोलनरत कर्मचारीहरुले तलबवृद्धि, लाभ सुविधा, युनियनमा आबद्ध कर्मचारीहरुको कामको ग्यारेन्टीलगायत माग अघि सारेका छन्। तीनवैटै कम्पनीले रेडर्कतोड नाफा आर्जनको गरिरहेको बेला कामदारहरुले विभिन्न सुविधा दिनुपर्ने माग अघि सारेका हुन्।
दशकअघि यी कम्पनीहरुको आर्थिक अवस्था खराब हुँदा थुप्रै कामदारलाई जागिर छाड्न बाध्य पारिएको युनियनको दाबी छ। अहिले राम्रै नाफा आर्जन गरेकोले कर्मचारीहरुलाई त्यहीअनुसार सेवासुविधा दिइनुपर्ने युनियनको भनाइ छ।
युनियनमा आबद्ध १ लाख ४५ हजार कामदारमध्ये १३ हजार आन्दोलनमा छन्। माग सुनुवाइ नभए अझै ठूलो संख्यामा कामदारहरुलाई आन्दोलनमा उत्रारिने युनियनले चेतावनी दिएको छ।
उता ती तीनै कम्पनीले भने कामदारहरुको मागका विषयमा वार्ता गर्न अस्वीकार गरेका छन्। –एजेन्सी
4 minutes ago
18 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago