काठमाण्डौ । नेप्सेले टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)को एपीआई दिन आनाकानी गर्दा करिब ३ महिना अवधिमा पनि बैंक इण्टीग्रेसनको काम हुुन सकेको छैन । बैंक इण्टीग्रेसनसहित फुुल फेज अनलाइन कारोबारको काम झनै जटिल बनेको छ । 

लकडाउनकै अवधिमा गत बैशाख ३० र ३१ गते धितोपत्र बजार खुुलेतापनि लगानीकर्ताहरुको पहुुँच अनलाइन कारोबारमा नभएको र कारोबारमा सहभागिता नभएपछि धितोपत्र बजार जेठ ३२ गतेसम्म बन्द हुनेछ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का सीइओले बैंक इण्टीग्रेसनको काम ब्रोकरकै भएको एक सार्वजनिक कार्यक्रममा बताइरहँदा आम लगानीकर्ताहरुले भने बैंक इण्टीग्रेसनमा ब्रोकरहरुकै धोकाधडी भइरहेको भन्दै सामाजिक सञ्जाल तताइरहेका छन् ।

टीएमएसको एपीआई नेप्सेले नदिएको स्टक ब्रोकरहरुको आरोप छ ।  ‘हामीले नेप्सेसँग एपीआइ मागेको धेरै भइसक्यो, तर नेप्सेले एपीआई नै दिएको छैन।’ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाट भन्छन्–‘नेप्सेले आइटी पोलिसी बोर्डबाट पास भइसकेपछि मात्र दिनसक्ने कुुरा आएको छ । यदि नेप्सेले एपीआई दिएको खण्डमा टीएमएससँग ब्रोकर ब्याकअफिस सिस्टम जोड्ने, जसले गर्दा अनलाइनबाट नै अटोमेटिक रुपमा लगानीकर्ताहरुको कारोबार हुुुन्छ । अनि मात्र लगानीकर्ताहरुले खोजेजस्तै पूूर्ण अनलाइन कारोबार हुुन्छ।’

अहिले पनि बैंक इण्टीग्रेसन भएको नेप्सेका प्रवक्ता मुुराहरि पराजुुलीको जिकिर छ । एपीआइ अलग कुुरा हो, आइटी पोलिसी लकडाउनअघि नै धितोपत्र बोर्डमा स्वीकृतिका लागि पठाइएको जानकारी दिँदै उनले धितोपत्र बोर्डबाट आइटी पोलिसी पास भएपछि दिनसक्ने बताए । ‘अनि ब्रोकरहरुले आफ्नै टीएमएससमेत बनाउन सक्छन् ।’पराजुलीले बिजशालासँग भने–‘यसपछि क्लाइन्टलाई ब्रोकरले फिचरहरु थप पनि गर्न मिल्छ ।’

यसैबीच, सिस्टम भेण्डर कम्पनी वाइको प्रालिका सीइओ दीपेश प्रधान एपीआई नेप्सेसँग सम्बन्धित रहेको बताउँछन् । ‘ब्रोकर र नेप्से बसी छलफल गर्नुुहोस्।’ उनले भने–‘हामीलाई एपीआई दिन कुुनै समस्या छैन ।’

लकडाउन अवधिकै बीच दुुई दिन धितोपत्र बजार खुुलाउने प्रयासका बाबजुुद बजारमा लगानीकर्ताहरुको सहभागिता सुुनिश्चित नदेखेपछि धितोपत्र बोर्डले बजार बन्द गर्न निर्देशन दिइएको थियो । बोर्डकै कार्यकारी निर्देशक परिष्टनाथ पौडेलको संयोजकत्वमा बैंक इण्टीग्रेसन गर्न कमिटी तयार गरिए पनि हालसम्म सिन्का भाँच्ने काम समेत भएको छैन । 

करिब १ महिना बित्नै लाग्दा समेत लकडाउन अवधिमा बैंक इण्टीग्रेसनको कामलाई पूूर्णता नदिनुुले बोर्ड र नेप्सेको कार्यक्षमतामै प्रश्न उठेको छ । आइतबार एक कार्यक्रममा अर्थमन्त्री डा. युुवराज खतिवडाले समन्वय गरेर काम गर्न निर्देशन दिएका थिए । उनको निर्देशनको लक्ष्य बोर्ड र नेप्सेबीच वर्षौदेखि चल्दै आएको जुँगाको लडाईमा केन्द्रीत थियो ।