काठमाण्डौ । धितोपत्र बोर्डले तीन कम्पनीलाई हकप्रद सेयर निश्कासनको अनुमति दिएको छ । 

जेबिल्स फाइनान्सलाई १० बराबर ४ को अनुपातमा बैशाख १९ गते, सिद्धार्थ इन्स्योरेन्सलाई १० बराबर ३.५ को अनुपातमा बैशाख २० गते र वोमी माइक्रोफाइनान्सलाई १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निश्कासनको अनुमति दिएको हो । 

बोर्डका अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २२ करोड ४४ लाख ९७ हजार रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद निश्कासनको अनुमति पाएको छ। 

यस्तै, वोमी माइक्रोफाइनान्सले दुई करोड ३३ लाख २८ हजार रुपैयाँ बराबरको २३ लाख ३२ हजार ८० कित्ता हकप्रद शेयर निश्कासनको अनुमति पाएको हो ।

यसैगरी, जेबिल्स फाइनान्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद निश्कासनको अनुमति पाएको छ ।

जेबिल्सको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमीटेड, सिद्धार्थ इन्स्योरेन्सको एनएमबी क्यापिटल र वोमीको सिद्धार्थ क्यापिटलले गर्नेछ ।