काठमाण्डौ । नेपाल राष्ट्र बैंकको नीतिमा उल्लेख भएअनुसार सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । 

सो क्रममा बैंकले प्रदेश नं. १ का लागि बिराटनगरमा, प्रदेश नं ३ को मानभवनमा र प्रदेश नं ५ को भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको हो । 

यसअघि बैंकले गण्डकी प्रदेशमा पनि प्रदेश कार्यालयको उद्घाटन गरेको थियो । 

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।